सुन्दरहरैँचा, २० फागुन । मोरङ सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटनाबाट एक युवाको मृत्यु भएकाे छ । सुन्दरहरैँचा नगरपालिका -३ का २० वर्षीय अजित चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो ।
बुधबार राति ९ बजे सोही स्थानमा प्र१-०२-०४२प६३९२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अजित घाइते भएका थिए । घाइते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देवकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।






