२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २० फागुन । सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच चरणचरणमा भएका छलफलपछि तीन बुँदे सहमति भएको हो ।

May be an image of 4 people, people standing and suit

वार्तामा विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् ।

‘नेपाल सरकारकाे वार्ता टाेली र विप्लव नेतृत्वकाे नेकपाकाे प्रकाण्डको नेतृत्वमा रहेकाे वार्ता टाेलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएकाे छ,’ वार्तापछि गृहमन्त्री रामबहादुर थापाले भनेका छन्, ‘याे ऐतिहासिक सम्झौताका लागि हामी सबैलाई बधाई । सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छाैँ ।’

May be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!