२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ फागुन । सुनसरीको दुहबीमा ट्रकमा सामान लोड गर्नेक्रममा करेन्ट लागेर सहचालकको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिस मग्राती रहेका छन् ।

आइतबार राति ९ बजे दुहबी -२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा उनलाइ करेन्ट लागेकाे थियो । इलेक्ट्रिक क्रेनमा करेन्ट लागि घाइते भएका उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!