देवानगञ्ज, २४ फागुन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको भट्टीमोडमा प्रत्येक दिन बजार (हटिया) लाग्छ । देवानगञ्ज-२ भट्टीमोडमा दैनिक लाग्ने सो बजारमा जैनिकजसो क्रेता–विक्रेताबीच सामान किनबेच भइरहेको देख्न सकिन्छ ।

किसानले आफूले उत्पादन गरेको बस्तु व्यापारी र उपभोक्तालाइ गर्छन् । बजारमा तरकारी, फलफूल, लत्ता कपडा किनबेच गरिरहेकाे देख्न सकिन्छ । पहिले अपराह्नतिर लाग्ने सो हटिया कोरोना महामारीका कारणा बिहान ११ बजेबाट लाग्ने गर्छ ।

हटियामा विराटनगरका खुद्रा ब्यापारीहरु अटो तथा सिटी रिक्सा लिएर सामान किन्न आउँछन् । ब्यापारीले यसै बजारबाट किसानसँग तरकारी किनेर विराटनगरमा केही नाफा लिँदै बेच्नेगरेका छन् ।
देवानगञ्ज गाउँपालिका तरकारी बालीको पकेट क्षेत्र मानिन्छ । देवानगन्जमा उत्पादन भएका तरकारीले विराटनगर जस्ता ठूलो शहरलाई धानेको कृषकहरु बताउँछन् ।









