विराटनगर, २४ फागुन । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले ठेकेदारहरूलाई निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । शुक्रबार झापाको दमकमा आयोजित बन्धन मेसन मिट २०७७ कार्यक्रममा सहभागी ठेकेदारहरूलाइइ पाँच लाख रुपैयाँसम्मको दुर्घटना जीवन बीमा समेत गरिएको हो । बिमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको जानकारी दिइएको छ ।
निर्माणसम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी बन्धनले मेसन मिट कार्यक्रम सम्पन्न गरेको हो । यसअघि फागुन ७ गते बन्धनले विराटनगरमा कार्यक्रम गरेको थियो ।
सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको बीमा गरिएको हो । कार्यक्रममा सहभागीहरूको त्यतिबेलै बिमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बिमा कम्पनीमा सम्पर्क गर्न सक्ने प्रावधान मिलाइएको जानकारी दिइएको थियो ।

कार्यक्रममा नविल बैङ्कले निःशुल्क खाता खोली २ जीवी इन्टरनेट डाटा प्याक दिएको थियो भने एनसेलको तर्फबाट निःशुल्क सिम कार्ड वितरण गरेको थियो । कार्यक्रममा निर्माण कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा र सिमेन्टको गुणस्तरको बारेमा सन्देश दिइएको थियो ।
कम्पनीको तर्फबाट अखिलेशकुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए । उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीको बारेमा जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।
बोकेदाह्रीको सांगीतिक प्रस्तुति
कार्यक्रममा हाँस्य ब्यंग्य गायक श्रीकृष्ण लुइँटेल बोकेदाह्रीले साङ्गीतिक प्रस्तुति गरेका थिए । बन्धन सिमेन्टका अध्यक्ष मनिषकुमार मारुले निर्धक्क भएर बन्धन सिमेन्ट प्रयोग गर्न आग्रह गर्दै गुनासाहरू भएमा सोझै सम्पर्क गर्नको लागिसमेत आग्रह गरे ।
उनले गुणस्तरमा कुनै पनि सम्झौता नगरी उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेकोले नै बन्धन सिमेन्ट ठुला आयोजनामा पनि प्रयोग भइरहेको बताए । उनले ग्राहक तथा व्यवसायीहरुसँग सिधा सम्बन्ध स्थापित गर्न आफूहरूले कार्यक्रम गरिरहेको बताउँदै अन्य ठाउँ बिर्तामोड र इटहरीमा समेत कार्यक्रमलाई निरन्तरता दिइने बताए ।






