२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, २४ फागुन । म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन् । मृत्यु हुनेमा ४२ वर्षीय सानोभाइ विश्वकर्मा रहेका छन् ।

उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि उनको शव उनको परिवारलाई बुझाइएको छ । प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन् ।

विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए । त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन् ।

सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए । तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो ।म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन् ।

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!