२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २७ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित जब्दीमा ठूलो लगानीमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्षसमेत रहेका पत्रकार केशव घिमिरेले २५ कट्ठा जग्गा खरीद गरेर टर्मो एग्री हर्वो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गर्न लागेका हुन् ।

नगर प्रमुख निलम खनालले बिहीबार उद्योगको शिलान्यास गरेका छन् । सत्तरी प्रतिशत वित्तीय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिए ।

उनी  ‘फाष्ट टाइम्स’ दैनिकको सम्पादक पनि हुन् ।कोरोना महामारीपछि पत्रिका बन्द रहेको छ । उनका अनुसार बेसारजन्य सामग्रीबाट यस उद्योगमा १५ प्रकारका वस्तु उत्पादन गरिने छ ।

बेसारको जुस, पाउडर, चिया, हर्बल, साबुन, फेसवास, इनर्जी भिट्टालगायतका वस्तु उत्पादन हुने छन् । अदुवाको क्याण्डीसमेत बनाउने योजना रहेको छ । यही वरिपरि उत्पादन हुने कच्चा पदार्थ सहीरुपमा सदुपयोग गर्न यस्तो उद्योग खोलेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!