२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २७ फागुन । झापामा पूर्वी नेपालकै सबैभन्दा ठुलो आकर्षक शिव प्रतिमा अनावरण गरिएको छ ।बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा समुदाय स्तरमा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव–प्रतिमाको प्रथम महिला जगतगुरु शङ्कराचार्य हेमानन्द गिरीको बाहुलीबाट अनावरण गरिएको थियो ।

महाशिवरात्रिको अवसर पारेर आज बृहत् समारोहका बिच शिव–प्रतिमा अनावरण गरिएको हो । जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक दीपक दाहालले जानकारी दिए ।

समुदाय स्तरबाट आर्थिक सङ्कलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको उनले बताए । कला र सौन्दर्यको दृष्टिकोणले यो शिवमूर्ति प्रदेश १ कै उत्कृष्ट र भव्य रहेको दाहालको दाबी छ ।

प्रतिमासँगै पूर्व–पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाइएको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने निर्माण समितिका सचिव युवराज दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!