२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ फागुन । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट सम्मानित भएका छन् । शुक्रबार पत्रकार महासंघ मोरङको सभाहलमा विशेष समारोहबीच झालाई शुक्रबार पुरस्कार प्रदान गरिएको हो ।

May be an image of 6 people, people standing and indoor

यसैगरी झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाइ प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

महासंघले विगत चार वर्षयता प्रत्येक वर्ष षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ । झालाई प्रदान गरिएको पुरस्कारको राशी ५१ हजार ५१ रुपैयाँ छ । न्यौपानेलाई प्रदान गरिएको पुरस्कारको राशी १५ हजार १५ रुपैयाँ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!