२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ चैत । प्रदेश–१ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’काे छैटाैँ संस्करण आजबाट सुरु भएको छ । बिहीबर फ्लड लाइट( रात्रि बत्ती) सहितको प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा उद्घाटन भएको हो ।

आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब, भारतको युनाइटेड सिक्किम, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएशन क्यामरुम टोलीको सहभागिता रहेको ट्रष्टका अध्यक्ष सन्तोष बानियाले बताए ।

गोल्डकप बिजेता टिमले रु १५ लाख १५ हजार र उपविजेता टिमले रु सात लाख ५१ हजार नगद र शिल्ड प्राप्त गर्ने फुटबल आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ ।

प्रतियोगिता प्रत्येक दिन राति ७ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल अहिले विराटनगर महानगरपालिका–११ र भारतको युनाइटेड सिक्किमबीच भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!