२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ चैत । विराटनगरको नोबेल मेडिकल टिचिङ हस्पिटल तनानग्रस्त बनेको छ । बिहीबार मध्याह्न डेलिभरीका क्रममा शिशुको मृत्यु भएको भन्दै आफन्तले हिजोदेखि नाराबारी कायम राखेका छन् ।

सुनसरीको इटहरी–१ आँपगाछीकी २६ वर्षीया सरीता श्रेष्ठलाई डाक्टरहरूले चैत २२ गतेको डेलिभरी डेट तय गरेका थिए । फोनमार्फत परामर्श लिँदा नोबेलका डाक्टरहरूले २४ गते भर्ना हुन भनेका थिए । डाक्टरकै सुझावअनुसार उनका पति मनिष प्रधान र आफन्तले २४ गते नै नोबेल भर्ना गरे ।

तर डाक्टरले दिएको मितिमा बच्चा भएन । दुई दिनपछि डाक्टर सीता घिमिरेको टिमले नर्मल रूपमा बच्चा नभएपछि भ्याकुमले तान्ने योजना बनायो । तर लगातार प्रयास जारी राख्दा पनि बच्चा जन्मिन सकेन । त्यसपछि आफन्तले यो विधिबाट नभए शल्यक्रिया नै गरौँ भन्ने निधो गरेर डाक्टरसँग सल्लाह लियो ।

‘हामीले डाक्टरलाई भ्याकुमले भएन अब नर्मल हुन नसकेपछि शल्यक्रिया गरौँ भनेर सल्लाह लिएका थियौँ । तर उहाँहरूले भ्याकुमले नै नर्मल हुन्छ भन्दै प्रयास गर्नुभयो । पाँच पटकको प्रयासमा बच्चा त जन्मियो । तर सबै रगत सोहोरिएछ,’ मनिषका बुबा टीकारामले ग्रामीण खबरसँग सुनाए ।

२६ गते बिहान साढे ११ बजेतिर बच्चा जन्मिएको थियो । आमालगायत आफन्तको इच्छाविपरीता भ्याकुमले तान्दा शिशुको टाउकोमा प्वाल परेको थियो । र, सबै रगत सोहोरिएका कारण बच्चालाई आइसियुमा राख्न लगियो । तर आधा घण्टापछि डाक्टरले बच्चाको मृत्यु भइसकेको जनाएपछि आफन्त डाक्टर र अस्पताल प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएको हो ।

बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए । बिहीबार मध्याह्नदेखि नै प्रदर्शनमा उत्रिएका हुन् ।

सरीताका ससूरा टीकाराम भन्छन्, ‘पहिलेको सबै रिपोर्ट नर्मल थियो । डाक्टरले नर्मल नै हुन्छ भनेका कारण ढुक्क थियौँ । तर, सिकारुको फेला परेका कारण शिशुको मृत्यु भएको हो । हिजोदेखि नाराबाजी गरिरहेका छौँ । आज पनि गाउँका केही मानिस भेला गरेर प्रदर्शन गर्छौँ ।’ आज ओपिडी बन्द गर्ने चेतावनी दिँदै प्रदर्शन गर्न लागेको टीकारामले बताए ।

यता, नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!