२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, २९ चैत । उच्च गुणस्तरीय शुक्रकीट दान गरेर मनग्य पैसा कमाउन सकिने भएको छ । शुक्रकिट दान गरेबापत दाताले झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने छन् ।

सोसल मिडियाबाटै चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले आम पुरुषहरुमा शुक्रकीट दान गर्नका लागि अपिल गरेको छ । पछिल्ला केही महिनायता लगातार मानिसहरुलाई शुक्रकीट दान गर्नका लागि उक्त बैंकले अपिल गरिरहेको छ । यसका लागि उसले अनेक खालका विज्ञापनहरुको समेत सहारा लिएको छ ।

‘तपाईंको दानीपनबाट हामीलाई आशा छ । तपाइँको समर्पण भविष्यका लागि सहयोगी हुनेछ । हामी तपाइँलाई सार्वजनिक सेवा गर्न र आफ्नो शुक्रकिट दान गर्नका लागि निम्तो दिन्छौँ’, उक्त शुक्रकीट बैंकले सोसल मिडियामा लेखेकाे छ । यस्तै झेजियांग ह्यूमन स्पर्म बैंकले यसअघि पनि एक अर्को पोष्टमा लेखेको छ, ‘शुक्रकीट दान गर्नु रक्तदान गरे सरह हो । यो मानवताको लागि गरिएको काम हो जसले जिवको बारेमा नयाँ तरिकाबाट बुझाउँदछ । हामी तपाइँको सहरमा उच्च गुणस्तरको शुक्रकीट खोज्नका लागि ५ हजार युआन दिनेछौँ । यति भएपछि तपाइँले के पर्खिरहनु भएको छ ?’

स्पर्म बैंकको आधिकारिक वेबसाइटका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको उचाई कम्तिमा ५ फिट ४ इन्च र पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण हुनपर्नेछ । स्मरण रहोस् चीनमा पछिल्लो समयमा शुक्रकीट बैंकहरु समस्याबाट गुज्रिरहेका छन् ।

झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेको बताएका छन् । उसो त शुक्रकीट दान गर्नका लागि बैंक आफैले विभिन्न व्यक्तिहरुसँग सम्पर्क समेत गर्दछ, तर यसका लागि कम मानिस मात्र योग्य हुन्छन् ।

चीनमा शुक्रकीट दानको लागि कडा नियम छ । शुक्रकीट दान गर्न इच्छुकमध्ये केवल एक चौथाइको मात्र दान गर्न लायक गुणवत्ता सहितको शुक्रकीट पाइने गरेको छ । राति अबेरसम्म नसुत्ने, अनियमित दिनचर्या, धुम्रपान, मध्यपान लगायतका कारण मानिसहरुको शुक्रकीटको गुणस्तर तीव्र रुपमा खस्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!