२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ चैत । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारी रोक्न माग गर्दै विवेकशील साझा पार्टीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

देवानगञ्ज–२ स्थित भगत आयल ट्रेडर्स र गुप्ता आयल ट्रेडर्सले पेट्रोल र डिजल कालोबजारी गरिरहेको जनाउँदै कारवाहीको मागसहित आइतबार साझा पार्टी सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

उक्त दुई पेट्रोल पम्पले केही समययता निर्वाध रुपमा पेट्रोलियम पदार्थ कालोबजारी गरी भारततिर निर्यात गर्दा सर्वसाधारण, स्थानीय किसान, शिक्षक व्यापारीलाई प्रभाव परेको यस अभियानका प्रमुख सञ्जय कर्णले जानकारी दिए ।

‘विशेषगरी पेट्रोलिम पदार्थ भारततर्फ तस्करी हुँदा सर्वसाधारणले सास्ती पाएका छन्, ’ उनले ग्रामीण खबरसँग भने, ‘पम्पमा जाँदा सर्वसाधारणलाई पेट्रोल छैन भनेर पठाइन्छ । तर तेलजति भारततर्फ पठाइन्छ । स्थानीय निकायले गुनासो सुनिदिँदैन । यसैले हामी सिडिओ कार्यालय पुगेका हौँ ।’

नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढी भएकाले विभिन्न नाकाहरूबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो । नेपालभन्दा भारतमा पेट्रोल र डिजेल प्रतिलिटर १२ रुपियाँभन्दा बढी महँगो रहेकाले विभिन्न माध्यमबाट पेट्रोलियम पदार्थलाई चोरी निकासी गरेर सीमापारि भारतका विभिन्न बजारमा पुर्याउने कार्य हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!