२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, ३० चैत । राहतमा अनियमितता गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । गरिबहरूको लागि आएको राहतमा अनियमिता गरेको भन्दै सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर -४ मा सोमबार स्थानीयले घेराउ हालेका हुन् ।

अनियमिततका लागि नै राहत आफूखुशी बाँडेको स्थानीयको आरोप छ । देवानगञ्ज गाउँपालिका वडा नम्बर -४ प्लान नेपालले अति बिपन्न परिवारहरूको लागि नगद रु दश हजार बराबरको किराना खाद्यान्य सामग्री वडाध्यक्ष चन्देश्वरप्रसाद मेहतालाइ हस्तान्तरण गरेको थियो । तर गत साता उक्त सामग्री वडाध्यक्षले हुनेखानेलाई दिएको स्थानीयको आरोप छ ।

No description available.

‘हुने खानले राहत पाए । अति बिपन्न परिवारले राहत नपाएपछि वडा कार्यालय घेराउ गरेका हाैँ,’  स्थानीय जलील मियाँले भने । उनका अनुसार २०८ जनालाई राहत वितरण गरेको सो राहत वडा अध्यक्षले आफ्नो आफन्तलाई मात्र वितरण गरेका हुन् । ‘धनी-धनीलाई अनि उहाँको आफन्तलाई मात्र राहत वितरण गरियो’, उनले थपे ।

स्थानीय अनितादेवी मण्डलले भनिन्, ‘म दैनिक ज्याला मजदुरी गरेर खान्छु । राहत लिनको लागि मैले पनि आफ्नो नाम दिएँ तर वडाअध्यक्षले आफू मन्मोजी राहत बाँड्नुभो । यो मैले पाइनँ ।’  त्यसैगरी नै स्थानीय सवितादेवी मण्डलको पनि गुनासो त्यस्तै छ ।

No description available.

आज स्थानीयले राहतमा अनियमिता भएको भन्दै दिउँसोको ११ बजेतिर वडा कार्यालयअगाडि धर्ना दिएपनि वडा अध्यक्ष गुनासो बुझ्न आएनन् । वडा कार्यालयको सचिवले अध्यक्ष चान्देश मेहतालाई फोनमा सम्पर्क गरेर स्थानीयको गुनासो सुनाएका थिए । जसमा उनले विद्युत कार्यालय इनरुवामा छु भन्ने जवाफ दिएका थिए ।

यस विषयमा अध्यक्षले भने, ‘अहिले म बाहिर छु । ६ गते सबै स्थानीयलाई आउन भनेकाे छु । म क-कसको गुनासो के छ बुझ्दिन्छु ।’

No description available.

ARVE Error: Mode: lazyload not available (ARVE Pro not active?), switching to normal mode

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!