२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, ३ वैशाख । प्रहरीले सुनसरीको देवानगञ्जबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन सय लिटर डिजल बरामद गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय देवानगञ्जको टाेलीले देवानगञ्ज गाउँपालिका वडा नं ७ बस्ने २९ वर्षीय इन्द्रनारायण यादव र २५ वर्षीय गणेशप्रसाद यादवलाइ पक्राउ गरेको हो ।

आज बिहान विशेष सुराकीको आधारमा इलाका इन्चार्ज गन्जेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाइ पक्राउ गरेको हो । बिहानको ९ बजे देवानगञ्ज गाउँपालिका-३ को बाइपास बाटोमा डिजल भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अन्य एक जना भने फरार छन् । को ३० प २९९० नम्बरको चालक फरार भएको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ । डिजलसहितको नियन्त्रण परेका २ जना र मोटरसाइकल जिल्ला पठाइएको उक्त कार्यालयले जनाएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!