२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ५ वैशाख । सुनसरी सदरमुकामको इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै इनरुवा नगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।

कोरोनालाई थप फैलन नदिन नगरभित्रका विद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको मेहताले जानकारी दिए । सर्वपक्षीय छलफलपछि नगरपालिकाले याे निर्णय गरेकाे हाे ।

सुवेदीका अनुसार इनरुवाका दुई विद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको हो । नगरप्रमुखको वक्तव्यमा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!