२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, ६ वैशाख । सुनसरीको देवानगंज गाउँपालिकामा प्रहरीकै सेटिङमा तस्करी हुनेगरेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ तस्करी हुने गरेकाे पाइएको हो । भारत अवैध रुपमा खाद्यान्नका सामग्री, माछा, कुखुरालगायत वस्तुहरु नेपाल भित्रन्छन् भने नेपालबाट पेट्रोलियम पदार्थ भारतर्फ निकासी हुने गर्छन् ।

No description available.

तस्करीमा प्रायःगरी मोटरसाइकलको प्रयोग हुन्छ । कुनै नेपाली तथा कुनै भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा प्रायःजसो पुरुषहरूले तस्करी गरिरहेको देखिन्छ । महिलाले भने भारतबाटअवैध रुपमा खाद्यान्नका सामग्री, माछा, कुखुरालगायत वस्तुहरु नेपाल भित्र्याउने गरेको पाइन्छ ।

 

No description available.

माथिको यो तस्बिर देवानगञ्ज गाउँपालिका वडा ३ को खत्वे टोलको हो । उक्त वडाका चोर बाटो प्रयोग गरेर तस्करले डिजल नेपालबाट भारततर्फ लैजाँदै गरेको हो । भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालभन्दा महँगो छ । यसैले पनि सीमावर्ती क्षेत्रका व्यक्तिले यसबाट लाभ लिइरहेका छन् ।

भारत सरकारले इन्धनमा घाटा भएको बाबजुत पनि नेपाल सरकारलाई सस्तोमा पेट्रोलियम पदार्थ अनुदानको रूपमा दिएको छ । तर, तस्करहरु नेपालबाट इन्धनको तस्करी गरेर भारततर्फ नै लैजान्छन्, जुन यो तस्बिरले थप स्पष्ट पारेकाे छ ।

No description available.

त्यसैगरी तलको तस्बीरमा भारतबाट भन्सार छली गरेर नेपालमा माछा भित्र्याउने गरेको पनि स्पष्ट देखिन सकिन्छ । नेपाल भारतको दस गज्जामा प्रहरीहरु तैनाथ रहेपोनी यो विषयमा मौन छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!