२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

               जय प्रकाश गुप्ता

चैत्र बैशाखको महिना थियो। आलस्यको मौसम थियो। तेस बखत केही कालका लागि भगवान बुद्धको आश्रय श्राबस्तीमा थियो। घमण्डी राजा कौशलको मुलुक थियो- श्राबस्ती। राजा कौशलले दिनभर प्रवचन दिने भगवान बुद्धलाई काम नगर्ने गफाडी ठान्दथे। निठल्ला-बेकामे। तेस दिन दिवाको भोजन पश्चात बुद्ध आराम गरिरहनु भएको थियो। शांत हवा बग्दै थियो। कुनै चिन्तनमा रहेका बुद्ध देख्नु हुन्छ-राजा कौशल उखर माउलो गर्मीमा शान-सैनिकका साथ बुद्ध भगवान भएका तिर आउँदै छन्। भगवान सादर उभिएर राजाको अभिवादन गरे अनि सोधे-राजन! यस्तो गर्मीमा अनि मध्यान्हको बेला कताबाट सवारी भयो ?

यो मौका थियो, राजाले भगवानलाई तल देखाउने। अहंकारका साथ राजा कौशलले बोले-भन्ते मलाई तपाईको जस्तो कहाँ आनन्द छ र? भीख मागेर आएको खाना खान पाऊने अनि शितल बतासमा कल्पबृक्ष मुनी बसेर दुनियादारीलाई प्रवचन दिने! मैले त हरेक जनताको समस्या समाधान गर्नु पर्दछ। यसैका लागि भोक बिर्सेर यो दिऊँसोको कुबेलामा पनि हिडनु परेको छ।

मन्द मुस्कानका साथ भगवान बुद्धले राजालाई यही केही बेर आराम गर्न अनुरोध गर्नु भयो। राजा आरामका लागि यसो बसेका मात्र थिए कि, पूर्व दिशाबाट कुद्दै राजाका एक बिश्वासिलो गुप्तचर राजा समक्ष आई पुगे। राजाले सोधे-हैन के भएको? कुनै खबर ? गुप्तचरले भने-प्रभु म हालचाल बुझ्न प्रान्तको पूर्वी क्षेत्र तिर गएको थिए। तेहाँका अशान्त मानिसहरूले जाहेर गरे- ठूलो पहाडमा पहिरो गयो, पुरै पहाड बगेर हामी भएको तिर आउदै छ। हामी कोही बाँच्दैनौ। राजा पनि। राजाले यो विवरण सुन्न न भ्याउदै पश्चिम दिशाबाट हस्यांगफस्यांग गर्दै अर्को गुप्तचर राजा भा’ठाममा आई पुगे र सोही अनुरूपको जानकारी चढाए। राजा व्याकुल हुदै गए। झनै बिक्षिप्त! यत्तिकैमा उत्तर र दक्षिण दिशाबाट पनि गुप्तचरहरूले यहीं कुरा सुनाए। राजा उद्वीग्न भए, आसन्न मृत्योन्मुख भयले भगवानका सम्मुख विनित भई सोधे- सबै तिरबाट पहाड बगेर हामी भएको तिर नै आउँदैँछ। भगवान अब के गर्ने? कसरी म बाँच्ने अनि राज्य-प्रजालाई कसरी बचाउने?

भगवान निस्पृह थिए। राजा मृत्यू भयबाट पुरै विरक्त हुदै गएका थिए। भयाक्रान्त थिए। भगवानले राजालाई सोधे: राजन हामी सबैको अन्तिम समय आए जस्तो छ। यस महासंकटबाट जोगिने म संग कुनै उपाय छैन। यदि राजन तपाईसंग कुनै उपाय छ भने गर्नोस्! जीवन र राज्यभोगमा अतृप्त रहेको राजा बुद्ध सम्मुख भन्छन-प्रभू! यदि मेरो प्राणको रक्षा हुन सक्यो भने म बिन्ती गर्छु कि मेरो सबै निजी भोगको सम्पति धर्मको काममा लगाउने छु। म धम्मको शरणमा आउने छु। निस्पृह हुनेछु प्रभु!

भगवान बुद्धले राजालाई शांत रहन अनुरोध गर्नु भयो। बडो मुस्किलले राजा शांत भए। पूर्व-पश्चिम, उत्तर-दख्खिन सबै तिर हेरे। निकै बेर प्रतिक्षा गरे। कुनै अनिष्ट आएन। राजा ढुक्क भए। केही बेर पछि राजा दरबार तिर लागे। भन्ते बुद्ध पनि नयाँ आश्रयको खोजीमा अगाडी बढनु भयो।

राजामा कुनै बदलाव आएन। राज्यपाठको उही आशक्ति बढदै गयो। तर, भगवान बुद्धले राज्य बिथ्था भ्रम हो। यसबाट शक्तिको आशक्ति मात्र बढछ। लोक कल्याण हुन्न्, जनताको हित हुन्न् भन्दै राजाहरूलाई भन्ते बनाउँदै- सचेत गराउदै भ्रमण गरिरहे! तर, राजाहरू धर्म राजको नाममा शासक बनी रहे। आज पनि बन्न खोजेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!