२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० वैशाख । प्रदेश नं १ को राजधानी विराटनगरमा कोरोना भाइरस संक्रमितको संख्या भयावह अवस्थामा बढ्दै छ । तर, कोरोना सङ्क्रमितको सङ्ख्या जति नै बढे पनि आजसम्म पनि विराटनगरका बजारमा भिडभाड कम छैन । सार्वजनिक समारोह कतिपय अवस्थामा भइरहेका छन् ।

कोभिडको संख्या ह्वात्तै बढ्न थालेपछि बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बैठक बसेको थियो । उक्त बैठकले विराटनगरमा काभिड–१९ संक्रमितको संख्या दिनादिन बढेका कारण केन्द्रको निर्णयबमोजिम काम गर्न स्थानीय पालिकारूलाई निर्देशन दिने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । उनका अनुसार बैठकले होल्डिङ सेन्टस बनाउने निर्णय पनि गरेको छ ।

‘विराटनगरमा होल्डिङ सेन्टरको आवश्यकता देखियो । चाँडै नै होल्डिङ सेन्टसर निर्माण गर्ने निर्णय भएको छ । सीमावर्ती क्षेत्रमा राखिने सो होल्डिङ सेन्टरले कोरोना रोकथाममा केही प्रभावकारी भूमिका खेल्ने अपेक्षा छ,’ ग्रामीण खबरसँग उनले भने ।

यसैगरी उनले कोभिड रोकथामका लागि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको र त्यहाँबाट नेपाल प्रवेश गर्नेका लागि हेल्थ डेस्कमा कोभिड परीक्षण र पोजेटिभ देखिएकालाई आइसोलेसन गर्ने काम पनि भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!