२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ वैशाख । शनिबार राति १२ बजेबाट लागू हुनेगरी विराटनगर महानगरपालिकासहित मोरङका केही स्थानमा निषेधाज्ञा लगाइएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न विराटनगरमा आजदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञाको पहिलो दिन आइतबार विराटनगरका सडकमा चहलपहल घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् भने चोकचोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले कडाइ गरेका छन् । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै विराटनगरसहित मोरङका केही जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरीसम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

विराटनगरका तीन अस्पतालमा मात्र २१८ संक्रमित उपचाररत छन् । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीका अनुसार कोसी कोभिड अस्पतालमा २८ संक्रमित उपचाररत छन् भने नोबल मडिकल कलेजमा ७० तथा विराट मेडिकल कलेजमा १२० संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!