२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफूलाई काेराेना पुष्टि भएकाे जानकारी दिएका हुन् ।

ज्वरो आउने र जिउ दुख्ने भएपछि काेराेना सङ्क्रमण भएकाे आशङ्कामा शर्माले आइतबार साँझ स्टार अस्पतालमा परीक्षण गराएका थिए । ‘ज्वरो र जिउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाव दिएको थिएँ,’ उनले लेखेका छन्–‘विहानीपख रिपोर्ट आयो पोजेटिभ ।’

लक्षणले च्यापे पनि मनोवल उच्च रहेको, डाक्टरको निर्देशन अनुसार औषधि सेवन गरिरहेको र डेरामै आइसोलेसनमा रहेको उनले बताएका छन् । काेराेना पुष्टि भएपछि टेकु अस्पतालक डा.अनुप बास्तोलाकाे सल्लाहमा औषधि सेवन गरेर हाेम आइसाेलेसनमा बसेकाे उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!