२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० वैशाख । विराटनगरका निजी अस्पतालले सञ्चालन गरेको कोभिड हस्पिटलका बेड भरिएका छन् । कोरोना सङ्क्रमितको उपचार गरिरहेका विराटनगरका दुवै निजी कोभिड अस्पतालका बेड भरिएसँगै बिरामीले शैय्या पाउन मुस्किल परेकाे विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीले जनाएका छन् ।

हाल विराटनगरका नोबेल शिक्षण अस्पताल र विराट मेडिकल कलेजले कोभिड अस्पतालका सञ्चालन गरिरहेका छन् । तर दुवै अस्पतालले बेड भरिएको भन्दै दुवै अस्पतालले बिरामी भर्ना लिइरहेका छैनन् । नोबेल मेडिकल कलेजले शनिबार बेलुकादेखि बेड अभावका कारण सङ्क्रमित भर्ना गरेको छैन । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर–४ स्थित नोबेलको कोभिड अस्पतालमा जम्मा १०४ बेड छन् । त्यसमध्ये ८४ बेड भरिएका छन् । अब, २० शैय्या मात्र उपलब्ध भए पनि आज बेलुकासम्मकै भरिनसक्ने दाहालले बताए ।

यसैगरी विराट मेडिकल कलेजले भने शुक्रबारदेखि नै नयाँ बिरामी भर्ना लिएको छैन । कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएको थियो । विराटको कोरोना उपचार केन्द्रमा १२० बेड छन्। त्यसमध्ये १०६ सर्वसाधारण र १४ जना अस्पतालकै कर्मचारी भर्ना रहेका छन् । यता, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भने अब ६१ बेड खाली छन् । गम्भीर अवस्थाका बिरामी राखिने ती बेडमा विरामीका आफन्तले तारान्तर फोन गरिरहेको छन् । हालसम्ममा विराटनगरका तीन अस्पतालमा मात्र २२७ संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!