२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ वैशाख । विराटनगरको बरगाछीमा रहेको स्तम्भ भत्किएको छ । मंगलबार राति लगभग ९ बजेतिर ट्रकको ठक्करले स्तम्भ भत्किएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको ट्रक स्तम्भमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर चालक उर्लाबारी ६ का पदम ढुंगाना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनको विराटनगरस्थित लाइफगार्ड हस्पिटलमा उपचार भइरहेको छ । मादकपदार्थ सेवन गरेका चालकले तिब्र गतिमा चलाएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटना भएको ट्रक लगभग सय मिटर अगाडि पुगेर रोक्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!