२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ वैशाख । देशमा रहेका डिप्लोमा, ब्याचलर कलेजहरूको छाता संगठन फोरम फोर हेल्थ एण्ड साइन्स (स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्च) ले स्वास्थ्य जनशक्ति उत्पादनमा सरकारलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष शैलेन्द्रमोहन झाले स्वास्थ्य जनशक्ति उत्पादनमा सरकारले ध्यान नदिँदा कोरोना महामारीमा स्वाथ्यकर्मीको अभाव सिर्जना भएको बताएका हुन् ।

अक्सिजन, स्वास्थ्य भवन तथा शैय्यामा मात्र सरकारले ध्यान दिइरहँदा जनशक्तिको व्यवस्थापनको विषय कसैले पनि उठान नगरेको भन्दै अध्यक्ष झाले यसबाट कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको अभियान प्रभावित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘स्वास्थ्य जनशक्ति क्षणभरमै व्यवस्थापन हुने विषय होइन, जनशक्तिका लागि लामो सीप सिकाएर, वर्षौँको अथक मेहनत लाग्छ । देशमा चिकित्सा शिक्षा ऐनको हवाला दिँदै मध्यमस्तरीय जनशक्तिका अध्ययन–अध्यापन बन्द गरिएको छ भने अर्कोतिर चिकित्सका शिक्षाका अध्ययन–अध्यापनको जिम्मा पाएको चिकित्सा शिक्षा आयोगले एक शैक्षिक शत्र फालेको अवस्था छ । यसले गर्दा दुर्गम क्षेत्रमा तुरुन्त प्राविधिक जनशक्ति पाउने सम्भावना छैन र संघीय राजधानीमा पनि यसको अभाव छ ।’

‘अब स्वास्थ्य प्राविधिकको आवश्यकता छैन भनेर देशभरिका करिब १३७ वटा स्वास्थ्य शिक्षा प्रदान गर्दै आएका संस्थालाई बन्द गराउनेलाई हाम्रो प्रश्न छ, अनि प्राविधिक शिक्षा खाली जागिर खानका लागि मात्र हो भनी नीति निर्माण बनाउनेलाई पनि सोध्न मन छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कहाँ छ त ७० हजार बेरोजगार स्वास्थ्यकर्मी ?’

साथै झाले नेपाल सरकारले स्वास्थ्य जनशक्ति उत्पादनमा गम्भीरतापूर्वक ध्यान दिनु जरुरी रहेकाे भन्दै चिकित्सा शिक्षा ऐनलाइ पनि पुनरावलोकन गरी सहजीकरण गरी नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा परिणाममुखी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!