
विराटनगर, २४ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका छन् । आफूले प्रयोग गर्दै आएक गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएपछि मेयर पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका हुन् ।
मेयर पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो गाडी प्रयोग गर्न दिएका छन् । उनले शुक्रबार विज्ञप्ती जारी गर्दै आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय गरेकाे बताएका थिए ।
त्यसबाहेक नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराइएको छ ।
यसैबीच नेपाली कांग्रेस विराटनगर महानगर समितिले यस कोरोना महामारीभरि काेभिडबाट मृत्यु भएकाहरुका लागि भाडामा गाडी लिई नि:शुल्क रुपमा शव बोक्न लागि शव वाहन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेकाे छ ।