२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ वैशाख । मोरङका तीनै कोरोना अस्पतालका बेड संक्रमितले भरिएका छन् । कोरोना सङ्क्रमितको उपचार गरिरहेका मोरङका निजी अस्पतालद्वय नोबेल शिक्षण अस्पताल र विराट मेडिकल कलेजमा बेड भरिएको छ । सरकारी कोसी कोभिड अस्पतालमा पनि बेड पनि खाली छैनन् ।

विराटनगर–४ स्थित नोबेलको कोभिड अस्पतालमा जम्मा १९२ बेड छन् । त्यसमध्ये सबै बेडमा सङ्क्रमित उपचाररत रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ३९ सङ्क्रमित आइसियुमा उपचाररत रहेको बताउँदै उनले आइसियुमा उपचार पाउनका लागि सङ्क्रमितले पालो पाउनुपर्ने अवस्था रहेको बताए ।

दाहालले ग्रामीण खबरसँग भने, ‘बेडका लागि धेरै फोन आउँछ । यहाँ ३९ बेडको आइसियू छ । आइसियूका सबै बेडमा बिरामी छन् । त्यसमध्ये १० वटा भेन्टिलेटर प्रयोग भइरहेका छन् ।’

यस्तै, कोसी अस्पताल कोभिड उपचार केन्द्रमा पनि बेड खाली छैनन् । कोसी कोभिडमा १२ वटा बेड खाली भए पनि ती बेड बिरामी रिप्लेसमेन्टका लागि चाहिने अस्पतालका संयोजक बैजनाथ शाहले बताए । कोसी कोभिडमा ९६ बेड छन् । त्यसमध्ये ८४ जना उपचाररत छन् । यस्तै आइसियूमा २१ जना उपचार छन् भने भेन्टिलेटरमा दुई जनालाई राखिएको छ ।

यसैगरी विराट मेडिकल कलेजमा पनि अस्पताल खोली छैनन् । विराटनको कोभिड उपचार केन्द्रमा २ सय बेड छ । तीमध्ये १७६ बेड भरिएका छन् भने अन्य बेडमा अस्पतालकै कर्मचारी भर्ना भएको कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवले जनाए ।

हालसम्ममा विराटनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २७ सय ३४ छ । जसमध्ये विराटनगरका तीन अस्पतालमा ४५१ सङ्क्रमितले उपचार गराइरहेको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीले जानकारी दिए । उनका अनुसार अन्य सङ्क्रमितले होमआइसोलेसनमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!