२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ वैशाख । कोभिड व्यवस्थापनमा प्रदेश १ सरकार नालायक भएको नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलले आरोप लगाएको छ । आइतबार विराटनगर पत्रकार सम्मेलन गर्दै काङ्ग्रेस संसदीय दलले कोभिड नियन्त्रणका सवालमा प्रदेश सरकार नालायक सिद्ध भएको आरोप लगाएका हुन् ।

यस्तै काङग्रेसले सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना सङ्क्रमणले भयावह रूप लिएको आरोप लगाएको छ । सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताएको छ ।

यसैगरी, काङ्ग्रेसले प्रदेशभरिका निजी तथा सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउन मागसमेत गरेको छ । संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरिका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका निजी अस्पताललाई तत्काल कोभिड अस्पतालमा रूपान्तर गरेर उपचार गराउन माग गरेका हुन् ।

उनले गत वर्ष बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको अस्पताल सञ्चालन गरिएपनि प्रदेश सरकारले यस वर्ष अझ महामारीका बेला ३० शैय्यामा खुम्च्याएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सरकारले प्रदेशका छ ठूला अस्पतालहरूमा कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाएको छ’, उनले भने, ‘तर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरी ३० बेड मात्र सञ्चालन गरेको छ ।’

त्यसैगरी, कार्कीले मुख्यमन्त्री शेरधन राईले उदयपुर जिल्लामा सबैभन्दा ठूलो कोभिड अस्पतालको निर्माण गर्ने घोषणा एक वर्षअघि गरेको भए पनि त्यो घोषणा निरर्थक भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!