२०८० जेष्ठ १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ असोज । विराटनगरकाे नोबेल शिक्षण अस्पतालले गाउँ–गाउँमा पुगेर कोरोना भाइरस परीक्षण गर्ने भएकाे छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने जोखिम भएका कारण आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो ।

उनले भने, ‘हामीले स्वाब संकलनका लागि विशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरेका छौं । आवश्यकता र मागअनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका छौं ।’

पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराइएको डा.नेपालले भने । गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!