२०८२ आश्विन १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ वैशाख । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन फ्लेले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिए । यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले १७ जेठमा पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!