२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २९ वैशाख । मङ्गलबार बिहान खोटाङको चिसापानीस्थित घोर्ले भन्ने स्थानमा ट्याम्पो दुर्घटना भयो । दुर्घटनामा टेम्पो चालक ३५ वर्षीय जीवन राई र टेम्पोमा सवार १२ वर्षी बालक गोकुल घाइते भएका थिए । घाइते उनीहरूलाई खोटाङकै स्थानीय स्वास्थ्यचौकीमा उपचार गरी थप उपचारका लागि विराटनगर ल्याउने योजना दुवै जनाको परिवारले गरे । दुवै परिवारले सुनसरीको बराहक्षेत्र नगरपालिकाकै एक एम्बुलेन्समा ल्याउँदै थिए । उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बीच बाटोमै बालक गोकुल परियारको मृत्यु भयो ।

दुईमध्ये एक घाइतेको मृत्यु भएपछि एम्बुलेन्स चालक हिमाल शाक्य र दुई परिवारबीच कुन विषयमा कुरा मिलेन । त्यसपछि चालक शाक्यले बराहक्षेत्रको चतराघाटस्थित सडकमा साँझ शव छोडेर हिँडे । साँझका बेला परियारको शव छोडर एम्बुलेन्स हिँडेपछि मृतकका दाजु बमबहादुर परियार रुँघेर बसेका थिए ।

त्यसपछि त्यहाँ स्थानीयको भीड लाग्यो । शव रुँघेर बसेका दाजु बमबहादुर निरीह थिए । मृत शरीरमात्र देखेपछि स्थानीय श्याम श्रेष्ठले तन्ना दिएर शव छोप्न लगाए । शवको छेवैमा रुन्चे भएर बसेका दाजुलाई स्थानीयले सोधे । र प्रहरीलाई खबर गरिदिए । त्यसको दस मिनेटपछि पुगेको प्रहरीले सोधखोज गरेर एम्बुलेन्सलाई तुरुन्तै बोलाए ।

डाको छोडेर रुँदै गरेका बमबहादुरले बाटोमै भाइको निधन भएपछि लिएर आएको एम्बुलेन्सले दुवैलाई अलपत्र पारेर छोडेर हिँडेको बताए । एम्बुलेन्स फर्किएर आइपुग्यो । इलाका प्रहरी कार्यालय चतराका सई अमरकुमार लावतीका अनुसार शव छोडेर जीवनलाई उपचारका लागि विराटनगर पुर्‍याउन एम्बुलेन्स गएको रहेछ ।

तर अमानवीयताको चरम रूप देखेर सई लावतीले शव पनि विराटनर लैजान निर्देशन दिए । चालकले शव र मृतकका दाजुलाई विराटनगरतर्फ पठाइदिएको सई लावतीले जानकारी दिए । उनले ग्रामीण खबरसँग भने, ‘घटनामा गम्भीर घाइते राईको ज्यान बचाउन उनलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउनु धेरै राम्रो कुरा हो । तर एउटालाई बचाउने प्रयास गर्दा मृत शरीरलाई त्यसरी छोड्नु मृतकको अपमान मात्र नभएर चालकको चरम लापरवाही हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!