२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गर्दैछन् । संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

पद तथा गोपनीयताको शपथ खाएपछि पहिलो चरणको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्री को को बन्ने विषयमा टुङ्गो लागि नसके पनि पहिलो चरणमा पुरानै केही मन्त्रीहरु पुनः दोहोरिने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) लाई समेट समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नु भएपनि माधव पक्षबाट नाम आइपुगेको छैन । त्यसबारेमा टुङ्गो लगाउन सो पक्षका नेताहरुको बैठक चलिरहेको छ । अपरान्ह दुई बजेअघि त्यसबारेमा टुङ्गो लागिसक्ने नेकपा (एमाले) कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लाग्नु भएको भए पनि कोको मन्त्री भन्ने भन्ने टुङ्गो लागि नसकेको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले बताए । “प्रधानमन्त्रीले सबैलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा हुनुहुन्छ तर नेता नेपाल र जसपा पक्षबाट नाम आइसकेको छैन” उनले भने, “सम्भवतः आज दुई बजे भित्रमा दुवै पक्षबाट केही नामहरु आउनसक्छ भन्ने हाम्रो विश्वास छ ।” दुवै तर्फका नेताहरुसँग प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श गरिरेको तामाङले जानकारी दिए ।

जसपाका केन्द्रीय कार्यकारी समितिका सदस्य केशव झाले पहिलो चरणमा जसपा सरकारमा सहभागीता नजनाउने बताए । उनले भने,  “सरकारमा सहभागी हुनेमा हामी सकारात्मक छौं तर माग मुद्दा सम्बोधन नगरी सरकारमा जाँदैनौं, सरकारमा गएपछि माग सम्बोधन गराउन सकिदैन ।” प्रधानमन्त्री ओली माग सम्बोधनमा सकारात्मक रहनु भएपनि केही दिन पर्खने उनले बताए ।

त्यसैगरी माधव पक्षका नेताहरुले पनि पहिलो चरणमै मन्त्रीमण्डलमा जाने कि नजाने विषयमा निर्णय गर्न गाह्रो मानिरहेका छन् । आफूहरुको माग सम्बोधन गराउने पहिलो प्राथमिकता रहेकाले सरकारमा सहभागीभन्दा माग सम्बोधन गराउनमा आफूहरुको ध्यान रहेको सो पक्षका नेताहरुको भनाई छ । यद्यपि शीर्ष तहमा विहिबार भएको छलफल करिब सहमतिको मिलनविन्दुमा पुगिसकेकाले सरकारमा उनीहरु आउने निर्णय गर्ने विश्वास नेता तामाङले गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!