२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ जेठ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताएकी छन् ।  प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख/उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुखलगायतसँग बुधबार गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताए ।

उनले स्वास्थ्य कार्यालयलाई कोरोना संङ्क्रमण नियन्त्रणका लागि रु पाँच लाखका दरले सवै जिल्लामा रकम पठाइने तयारी भइरहेको जानकारी दिए । बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ र स्वास्थ्य कार्यालयका प्रमुखले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!