२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जयप्रकाश गुप्ता

तिम्रो साथी पनि थिए, मतदाता पनि ! तर मेरो प्रश्न छ ! मुलुक दुर्भाग्यको खाडलमा धकेलियो। यसका अनेक पात्रहरू भए। ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा जसपा पनि रह्यो। जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक पटक बिभिन्न सरकारहरूमा सहभागी भएकै हुन् । हरेक पटक “मधेसका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन्। अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको समर्पणलाई अबोध र अवचेतन मधेसी समुदायले क्या बात भनेकै थिए। मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो।

तर, अपवाद बाहेक यिनका कृयाकलापहरू देशलाई नै ‘बरमुडा ट्यांग्लर’ मा खसाली दिने काम भएको थिएन। आफैले मलजल दिनु पर्ने संघीयतालाई निमोठि दिने काम भएको थिएन। छुट्याएको मानो भन्दा धेरै बढी खान पाएर बक्रतुण्ड हुदै थिए-मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू। यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन भनेर। यसो बोल्दा संसदमा दुर्योधनहरू शीर निहुराउथ्यो। साख बचाएकै थिए। तर, मुलुकमा दैनिक दुई हजार-पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्यूको शिकार भैरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितीहरूको लागि संघीयतालाई नै दोषि ठहर्याई रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुदै गैरहेको अवस्थामा; मधेसी दल, जसपा यौटा ‘किंगपीन’ हुन सक्थ्यो। जसले, जसको सकारात्मक पहलबाट बिचलनका लागि उद्यत् राजनीतिक उन्मादलाई लीकमा राख्न सकिन्थ्यो।

जसपाले बिकृत राजनीतिका विध्यमान दुई धार मध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त बैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमंत्री ओलीलाई नै खुला समर्थन गरेको भए-शायद संसद बिघटनको बाटो अवरूद्ध हुन्थ्यो। यौटा प्रजातान्त्रिक मधेसी दलको एकिकृत पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन। रोक्न सकिन्थ्यो । रोक्न न सकिने भएपनि त्यो बिघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो।

जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि रहेन। संविधानमा संशोधन गराउँछु भन्थ्यो, संविधान संशोधनको मातृस्थल संसदको बध गरायो। सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफुले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन। रेशमलाल जेल मै रहे पनि सांसद थिए, रेशमलालको त्यो शक्ति पनि जसपाले समाप्त पारे। मधेसका आन्दोलनकारीहरू उपर लगाईएका सय/पचास मुद्दाहरू फिर्ता गराए। यही ऐतिहासिक उपलब्धि हुन त ? आखिर के उपलब्धि पायो त? सय/पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउदै मेटेर जाने आत्ममुघ्ततापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्यो!

म जान्न चाहन्छु कि आखिरकार जसपाले अपनाएको ‘आत्मघाती’ ‘बिखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ?

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!