२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ९ जेठ ।  सुनसरिको देवानगञ्ज गाउँपालिका-५ मा रहेको श्री राधाकृष्ण त्रिशक्ति युवा क्लबले सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । आइतबार उक्त क्लबले साहेबगञ्ज बोर्डर आउटपोष्ट र इलाका प्रहरी कार्यालय साहेबगञ्जलगायतका ठाउँमा पुगेर मास्क, सेनिटाइजर, फेस सिल्ड, पन्जालगातयत स्वास्थ्य सामग्री वितरण गरेको हो ।

यसअघि पनि उक्त क्लबले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बोर्डर आउट पोस्ट साहेबगञ्जका सुरक्षाकर्मीहरूलाई खाजा वितरण गरेका थिए । अघिल्लो आइतबार उक्त क्लबले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा नेपाल प्रहरीलाई खाध्यान्न सामग्री वितरण गरेकाे हो ।

क्लबका वरिष्ठ  सल्लाहकार पप्पु यादवका अनुसार क्लबले यो अभियानलाइ निरन्तरता दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!