२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रङ्गशालामा सञ्चालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका सङ्क्रमितहरूले बताएका छन् । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दूरी कायम गरेर कोभिड सङ्क्रमितहरूसँग गरेको भेटघाटका क्रममा उनीहरूले खाना, औषधि र सुत्ने ब्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रवन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

उपप्रमुख गौतमले ब्यवस्थापन कस्तो रहेको छ भनेर गरेको प्रश्नमा बिहान–बेलुकी खाना, दुई पटक नास्ता, अण्डा, दूध, हरियो साग साथै मासुको समेत ब्यवस्था रहेको बताइन् ।

उनीहरूले यति राम्रो ब्यवस्थापन छ भन्ने आफूहरूलाई नलागेको प्रतिक्रिया दिएका छन् । इटहरी उपमहानगरले इटहरी रङ्गशालामा २४ घण्टा स्वास्थ्यकर्मीसहित ५० बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । सबै बेडमा अक्सिजनको प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!