
इटहरी, १० जेठ । सुनसरीको इटहरीमा कोरोना परीक्षणको दायरा बढाइएको छ । इटहरी उपमहानगरपालिकामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा दैनिक सय जनाभन्दा बढीको परीक्षण सुरु गरिएको हो । पिसिआर र एन्टिजेन परीक्षणको दायरा बढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरी तयारी गरिएको उपमहानगरका प्रमुख द्वाारिकलाल चौधरीले जानकारी दिए ।
दैनिक सय बढीको स्वाव सङ्कलन गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्नका लागि गरिएको उपमहानगरको प्रस्तावअनुरुप दैनिक सयभन्दा बढीको पिसिआर परीक्षण सुरु गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आज पिसिआर र एन्टिजेन्ट गरी एक सय १० जनाको स्वाब पठाइएको छ । प्रत्येक दिन बिहान ७ बजे स्वाब सङ्कलन गरी बेलुका रिर्पोट आउने गरी तयारी प्रतिष्ठानसँग आग्रह गरिएको छ ।
उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समग्रीको न्यूनतमा शुल्क भूक्तानि गर्नेगरी प्रतिष्ठानसँग सहमति गरेको हो । उपमहानगरले निःशुल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वाब सङ्कलन गरेर प्रदेश ल्यावमा पठाइँदै आएको थियो । प्रदेश ल्यावमा पनि परीक्षणको दायरा बढाएर दैनिक सय पु¥याउन समन्वय भइरहेको छ । परीक्षणका लागि थप प्रयोगशालाकर्मीको ब्यवस्था गरिएको जनस्वास्थ्य निरीक्षक रामकुमार धमलाले जानकारी दिए ।
उनका अनुसार अहिले पाँच जनाको टोलीले स्वाब सङ्कलनको कार्य गरिरहेको छ । यसअघि तीन जनाले गर्दै आएकोमा दुईजना सङ्क्रमित भएर आइसोलेसनमा छन् । इटहरी अस्पताल, खनार स्वास्थ्यचौकी र दुई जना अन्यन्त्रबाट ब्यवस्था गरी पाँच जनाको टोलीले स्वाव सङ्कलन गरिरहेका छन् । यसैबीच इटहरी उपमहानगर एन्टिजेन परीक्षणका लागि समुदायस्तरमा पुग्न थालेको छ । आज इटहरी २ शान्तिनगरमा पुगेर ३७ जनाको परीक्षण गर्दा सात जनाको पोजेटिभ पाइएको छ । यसअघि इटहरी वडा नम्वर ३ को सुनौलो टोलमा दुई पटक एन्टिजेन परीक्षण गरिएको छ । जोखिम क्षेत्रमा क्रमस परीक्षण गरिने उपमेयर गौतमले जानकारी दिइन् । उपमहानगरले कोरोना रोकथाम र नियनत्रणका लागि कन्ट्राक ट्रेसिङ्ग, आइसोलेसनको ब्यवस्था र उपचारको रणनीति लिएको छ ।