२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । पूर्व राज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबी सुनसरीकी अध्यक्ष भगवती चौधरीले इनरुवा अस्पताल सुनसरीलाई ४ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी छन् । चौधरीले इनरुवा अस्पतालका प्रशासन प्रमुख लोकेन्द्र आचार्यलाई चार थान ठूला ४७ लिटरवाला अक्सिजन सिलिन्डर हस्तान्तरण गरिन् ।

चौधरीले आफ्नो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको बताइन् । अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा सङ्क्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताइन् ।

फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी बिपी प्रतिष्ठान धरानलाई ५० थान, कोसी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!