२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । दुग्ध क्षेत्रमा नेपालमा नै अग्रणी स्थानमा रहेको इटहरी २० स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लि. ले इटहरीको आइसोलेसनलाई ३ महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।

इटहरीमा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो ।

सोमबार संस्थाका निमित्त व्यवस्था निर्देशक परशुराम कार्की(मनोज) सहितको टोलीले कोभिड व्यवस्थापन समितिका सदस्य एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारीसँग प्रतिबद्धता पत्रसहित सम्झौता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!