विराटनगर, ११ जेठ । विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा दुई सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा एक महिला र एक पुरुष सङ्क्रमितको मृत्यु भएको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा विराटनगरकी एक महिला र सुनसरी दुहबीका एक पुरुष रहेका छन् ।
दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुषको बिहीबार बेलुका ९ बजे मृत्यु भएको हो । उनी जेठ ५ गते कोरोना सङ्क्रमित भइ अस्पताल भर्ना भएका थिए ।
विराटनगर ५ कि ५० वर्षीया महिलाको मङ्गलबार बिहान ९ः५० बजे मृत्यु भएको हो । उनी जेठ ४ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएकी थिइन् ।




