२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बाँके, १७ जेठ । नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन् ।

देश कोरोनाले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै मेयर राणाले मतदान बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

मेयर राणाले सामाजिक सञ्जालमा लेखेका छन् ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’ राणा राप्रपाबाट निर्वाचित मेयर हुन् ।

आज भइरहेको उपनिर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!