२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको आज निधन भएको छ । आज मेडिसिटी हस्पिटलले एक विज्ञप्ति जारी गर्दै ४ः२५ मा उहाँको उपचारको क्रममा असामयिक निधन भएको जनाएको हो ।

दुई साताअघि कोरोना संक्रमित बनेका थापाको शुरुमा ग्राण्डी अस्पतालमा उपचार भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थापालाई थप उपचारका लागि मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!