
देवानगञ्ज, १९ जेठ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले देवानगञ्ज गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना माहमारी रोकथाम तथा नियन्त्रण अभियानका सहयोग पुग्ने उद्देश्यका साथ ग्लोबल आइएमईले २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
बुधबार संस्थाका देवानगञ्ज शाखा कार्यालय प्रमुख अनिलकुमार साहले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईलाई सहयोगस्वरूप २५ हजारको चेक हस्तान्तरण गरेका थिए । ग्लोबल आइएमई लघुवित्तले गाउँपालिका नै पुगेर चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रमपछि शाखा प्रमुख साहले देवानगञ्ज गाउँपालिका कोरोनाबाट बढी प्रभावित रहेको उल्लेख गर्दै एक-अर्कालाई सहयोग गरी कोरोना नियन्त्रण अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरागाईले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समयसापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको बताए ।
यस्तै उनले ग्लोबल आइएमईको सहयोगबाट कोरोना नियन्त्रण अभियानमा लागेको पालिकालाई थप मद्दत पुग्ने बताए ।