२०८२ आश्विन २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उदयपुर त्रियुगा नगरपालिकामा रुख काट्न गएका एक जनाको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका २२ वर्षीय सरोज राई रहेका छन् ।

आइतबार दिउसो साढे १२ बजे त्रियुगा नगरपालिका–७ पानीतारेमा रहेको वागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा उनको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागे घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको एसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!