२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!