
विराटनगर, ९ असार । प्रदेश न १ माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सर्वोच्च अदालतको दिएको आदेशको विषयमा टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले २० मन्त्रीहरु पदमुक्त हुनेगरी सर्वोच्चले दिएको आदेशको विषयमा टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक रुपमा नियुक्त भएका २० मन्त्रीहरु पदमुक्त हुने फैसला आउने यसअघि नै उद्घोष गरिसकेको नेता आङ्बोको भनाइ छ ।
‘न संयोग, न सेटिङ्ग, संवैधानिक प्रावधान र विगत यस्तै मुद्दाहरूमा सर्वोच्चको फैसलाको नजिरको आधारमा असंवैधानिक तवरले नियुक्त २० मन्त्री पदमुक्त हुने फैसला आउने उद्घोस अध्यक्ष क.प्रचण्डले गर्नुभएको हो’, उनले लेखेका छन्, ‘स्वेच्छाचारी खड्गप्रसादको असीमित सत्ता भोक र नालायिकी पनले राजनैतिक दल र नेताहरूमा निहित निर्णय अधिकार अदालत र शक्ति केन्द्रको हातमा पुग्नु सकारात्मक र शुभ सङ्केतचाहिँ अवश्य होइन ।’