२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १४ असार । एटिएम फुटाउँदै गरेका दुई युवा पक्राउ परेका छन् ।

सोमबार बिहान मोरङ बूढीगङ्गा गाउँपालिका–२ टंकिसिनवारीस्थितमा सरस्वती खड्काको घरमा सञ्चालनमा रहेको एनआइसी एसिया बैङ्कको एटिएम फुटाउँदै गर्दा सुनसरी दुहवी नगरपालिका–९ का २४ वर्षीय मोहम्मद इम्तियाज र २५ वर्षीय मोहम्मद अनिश हुसेन पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एटिएम फुटाउँदै गर्दा फेला पारेको थियो । बिहानको राति पौने ३ बजे विभिन्न हाते औजारहरू प्रयोग गरेर तोडफोड गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक मञ्जील मुकारुङले जानकारी दिए ।

उनका अनुसार हाते औजारसहित पक्राउ परेका उनीहरूलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!