२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लन्डन, २ कात्तिक । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिबार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमणमुक्त भएका छन् । संक्रमित नेपालीमध्य ९१ प्रतिशत जाति भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख २९ हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने तीमध्ये ८९ हजार ८ सय ४० जना कोरोनामुक्त भएका छन । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालसहित विश्वभर १ लाख ७१ हजार ४ सय ४ जना कोरोना संक्रमण देखिएको छ भने तीमध्य १ लाख २८ हजार ४ सय ८६ जना संक्रमणमुक्त भएका छन् । विश्वभर संक्रमित नेपालीमध्य ७४ प्रतिशत कोरोनामुक्त भएका छन् । नेपालसहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!