मुकेशकुमार यादव
विराटनगर, २३ असार । टिभिएस एनटर्कको ‘प्ले स्मार्ट’ स्कुटर विराटनगरमा लन्च भएको छ । बुधबार दिउँसो बरगाछी टिभिएस शो रूममा ‘प्ले स्मार्ट’ स्कुटर लन्च भएको हो ।
न्यू गौरव अटो सेन्टरले आज एक कार्यक्रमका बीच टिभिएस एनटर्कको नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको हो । १२५ सिसीको उक्त स्कुटरमा हालसम्मकै सबैभन्दा ठूलो डिकी भएको दाबी गरिएको छ ।
यस्तै, पूर्ण रुपमा डिजिटल उक्त स्कुटरबाटै फोन गर्न तथा उठाउन मिल्ने, जिपिआरएस कनेक्ट गर्न मिल्ने बताइएको छ । लेड लाइट भएको सो स्कुटरमा डिस्क ब्रेकसमेत छ ।
स्कुटरको पेट्रोल ट्यांकी साढे ६ लिटर क्षमताको छ । उक्त स्कुटरको मूल्य २ लाख ७७ हजार रहेको बताइएको छ ।




