२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ लाख मुनाफा आर्जन गरेको छ । २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म भएको ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगितामा मुनाफा आर्जन गरेको संयोजक मनोज बिक्रम शाहले जानकारी दिए ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार एक करोड ४७ लाख ७४ हजार ५९४ कुल आम्दानी भएको गोल्डकपमा एक करोड ३९ लाख ७२ हजार २३१ रुपैँया खर्च भएको छ । प्रतियोगितामा ५९ लाख ७६ हजार १०० रुपैँया टिकट बिक्रीबाट मात्रै आम्दानी भएको आयोजक संयोजक शाहले जानकारी दिए ।

प्रतियोगिताका लागि प्रदेश सरकारले १५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख, राखेपले ४ लाख रुपिँया सहयोग प्रदान गरेका थिए । यसैगरी मुख्य प्रायोजकहरुबाट २० लाख, प्रायोजकहरुबाट १० लाख, सहप्रयोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, फुड पार्टनरबाट २ लाख ५० हजार र अन्य ५० हजार आम्दानी भएको छ ।
खर्चतर्फ कार्यालय व्यवस्थापन ९ लाख २८ हजार १४८, मैदान मर्मत ४ लाख ८ हजार ९५७, रंगशाला मर्मत ३ लाख २६ हजार ७१४, पुरस्कारतर्फ ३५ लाख ११ हजार २०२ रुपैँया भएको छ । यसैगरी खेलाडी व्यवस्थापनतर्फ ३२ लाख ३४ हजार ९४७ भएको बताएको छ।

प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, युनाइटेड फुटबल क्लव, पश्चिम बंगाल, विराटनगर महानगरपालिका–११, संकटा, क्लव, पन्जाब पुलिस, जलन्धर भारत, सिक्किम यूनाइटेड, गोख्रा ब्वाइज, रुपन्देही, अफ्रिकन रुट एसोसिएटेस् नाइजेरिया, मच्छिन्द्र क्लवले सहभागीगता जनाएका थिए ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल विजेता बन्दै १५ लाख १५ हजार नगद राशी र पन्जाब पुलिस जलन्धर भारत उपविजेता बन्दै ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!