२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाउँदै नेपालसँग त्यस्तो कुनै विवाद नरहेको बताएको छ ।

नेपालस्थित चीनियाँ राजदूतवासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैले स्पष्ट पारिसकेको उल्लेख गरेको छ । ‘सन् १९६० को दशकमा नै नेपाल र दुई मुलुकले मैत्रीपूर्ण छलफबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भने, ‘केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!